599 views 0 secs 0 comments

वीरगञ्जमा एक वर्षीय शिशु मृत भेटियो…

In विश्व
१६ फाल्गुन २०७६, शुक्रबार १४:०६

वीरगञ्जमा एक वर्षीय शिशु मृत भेटिएका छन् । भारत बिहार रतनपुरी घर भइ वीरगञ्ज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षीय छोरा प्रशान्त साह मृत भेटिएका हुन् ।
वीरगञ्ज -१६ पशुपतिनगर छेउ दशगजास्थित सिर्सिया नदीबाट बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शव देखेपछि स्थानीयले नदीको डिलमा निकालेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । एकै परिवारका तीनवटा बच्चा एकै साथ हराएको उजुरी प्रहरीकोमा आएको थियो । प्रशान्तसँगै हराएका ५ वर्षीय अमरद्विप साह र ३ वर्षीया आँसु कुमारी अझै फेला परेका छैनन् । प्रहरीले बारा गढीमाई नजिकै मलानी माइतीघर भएकी रमोदको श्रीमती उर्मिलादेवीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।