Home > Articles posted by NewsDesk (Page 464)
FEATURE
on २२ मंसिर २०७४, शुक्रबार १२:४८
654 views 3 secs

पर्वत : म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को मतगणना सकिएको छ। धौलागिरि, मालिका र मंगला गाउँपालिका समावेश भएको क्षेत्र ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी भएकी छन्। वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले २८ सय ७१ मत अन्तरले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन्। मत परिणामअनुसार एमालेकी पुनले १० हजार ८ सय […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार १२:४७
804 views 4 secs

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा – २०७४ बाट ५ वर्षका लागि २७५ प्रतिनिधिसभा सदस्य र ५५० प्रदेशसभा सदस्य चुनिँदै छन्। त्यसमध्ये प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चुनिने छन्। यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सांसद चुनिने छन्। यसका लागि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा तथा ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा पहिलो चरणमा मंसिर १० […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार १२:४५
612 views 4 secs

थाहा संवाददाता | १ घण्टा अघि मंसिर २२, २०७४ मनोज भट्टराई- ओखलढुंगा : ओखलढुंगामा संघीय प्रतिनिधिसभाको तीन गाउँपालिकाको मत गणना सकिँदा नेपाली कांग्रेसका रामहरि खतिवडाले मतान्तरलाई कम गर्दै लगेका छन्। खतिवडा सुरुआती चरणबाट एमालेका यज्ञराज सुनुवारभन्दा पछि परेका थिए। लिखु गाउँपालिकाबाट पछि परेका खतिवडाले चम्पादेवी र सुनकोसीको मत गनिसक्दा मतान्तरलाई ९ सय ६५ मा झारेका […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार १२:४३
603 views 3 secs

काठमाडौं : काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना शुक्रबार बिहान करिब ११ बजेबाट सुरु भएको छ। सर्वदलीय बैठक सम्पन्न भएसँगै काठमाडौंको सबै निर्वाचन क्षेत्रको मतगणना एकसाथ सुरु गरिएको हो। क्षेत्र नम्बर १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहबाट सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलकै नेतृत्वमा मतगणना सुरु […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार १२:४१
744 views 3 secs

मंसिर २२, २०७४ काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा काठमाडांै क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको हो। २ दिनभित्र सक्ने गरी सुरुमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारको मत गणना सुरु गरिएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए। यो क्षेत्रमा प्रतिनिधिसभाको मतगणना […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:५९
575 views 3 secs

सल्यान : सल्यानमा अपराह्न ५ बजेपछि मात्र मतगणना सुरु हुने भएको छ। एक सय ८० मतदान केन्द्र रहेको सल्यानमा ५९ मतकेन्द्रबाट मतपेटिका नआएका कारण मतगणना ढिलो सुरु हुन लागेको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ। जिल्लाको कालिमाटी गाउँपालिका, दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाका केही मतदान केन्द्रबाट मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले मतगणना ढिलो सुरु हुन […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:५७
528 views 3 secs

धनकुटा : धनकुटामा मतगणना सुरु गर्न केहि ढिलाई भएको छ। बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भए पनि दलहरुले समय मागेपछि केही ढिलाइ हुने भएको हो। बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिएका छन्। ‘अलिक अगाडि नै सुरु गर्नुपर्ला भन्ने सोचेका […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:५५
686 views 0 secs

गोरखा- गोरखा २ मा प्रतिनिधिसभाका उम्मेदवार बाबुराम भट्टराईले १३ सयभन्दा बढी मतले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ६ हजार ८ सय ७३ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५ हजार ५ सय ४२ मत ल्याएका छन्।

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:५२
537 views 0 secs

हुम्ला– हुम्लाको प्रदेश क मा एमालेका उम्मेदवार दलबहादुर रावल विजयी भएका छन्। ५ हजार ३ सय १३ मतसहित उनी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका ठानबहादुर रोकायले ३ हजार एक सय १३ मत ल्याएका छन्। विजयी भएपछि जिल्ला र समग्र ६ नम्बर प्रदेशको विकास नै आफ्नो प्रमुख एजेन्डा भएको रावलले बताएका छन्। ‘सिमकोट हिल्सा नाका […]

FEATURE
on २२ मंसिर २०७४, शुक्रबार ११:५०
583 views 0 secs

  काठमाडौं– बहुप्रतीक्षित काठमाडौं क्षेत्र नम्बर– ४ मा मतगणना सुरु भएको छ। काठमाडौं– ४ मा नेपाली कांग्रेसबाट गगन थापा, एमालेबाट राजन भट्टराई तथा विवेकशील साझाबाट सुबुना बस्नेत प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौं ४ मा ६३ हजार २ सय १५ मतदाता रहेकोमा त्यसमध्ये करिब ६७ प्रतिशत मत खसेको छ।