
काठमाडौं– बहुप्रतीक्षित काठमाडौं क्षेत्र नम्बर– ४ मा मतगणना सुरु भएको छ।
काठमाडौं– ४ मा नेपाली कांग्रेसबाट गगन थापा, एमालेबाट राजन भट्टराई तथा विवेकशील साझाबाट सुबुना बस्नेत प्रतिस्पर्धामा छन्।
राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौं ४ मा ६३ हजार २ सय १५ मतदाता रहेकोमा त्यसमध्ये करिब ६७ प्रतिशत मत खसेको छ।