530 views 1 sec 0 comments

चिसोका कारण मतदान सुरु भएन

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १०:४६

गोरखा : पार्टी प्रतिनिधि(एजेन्ट) र मतदाता नै उपस्थित नभएपछि गोरखाको हिमाली भेगका केही मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । चिसोका कारण मतदाता र एजेण्ट नै मतदान केन्द्रमा उपस्थित नभएको चुमनुब्री गाउँपालिका २ स्थित ल्हो आधारभुत प्रावि मतदान केन्द्रका सहायक मतदान अधिकृत निर्माण घिमिरेले जानकारी दिए ।

‘बिहान साँढे आठ भैसक्यो अहिलेसम्म कोही पनि आएका छैनन्’ घिमिरेले भने ‘हामी त तयारी अवस्थामा छौं तर एजेण्टहरु पनि आउनु भएको छैन । चुनाव सुरु भएको छैन । उहाँहरु नआएकोले मतपेटिका नै सिल गर्न पाएका छैनौँ ।’ सो मतदान केन्द्रमा २६४ जना मतदाता छन् ।

तिब्बत सीमानामा रहेको गोरखाको अन्तिम गाउँ साम्दोको साम्दो आधारभूत विद्यालय केन्द्रमा पनि ढिला गरी मतदान सुरु गर्न लागिएको स्थानीय निमा लामाले जानकारी दिए । गोरखाको हिमाली भेगमा २० मतदान केन्द्र रहेका छन् । विकटमा रहेकाले मतदान अधिकृत र निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाइएको थियो ।