म्याग्दी–प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् । प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी […]
बर्दिया-एमाले नेता वामदेव गौतमले बर्दिया १ मा शुरुवाती अग्रता लिएका छन्। गौतमले एक हजार ५२९ मत प्राप्त गरेका छन्। गौतमलाई नेपाली काँग्रेसका सञ्जय कुमार गौतमले पछ्याइरहेका छन्। काँग्रेस उम्मेद्वार गौतमले ९२४ मत प्राप्त गरेका छन्। काँग्रेस नेता गौतम सिँचाइ मन्त्री हुन्।
पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीका युद्धराज गैरेले आमाको शवसहित मतदान केन्द्र पुगेर मतदान गरेका छन् । १०१ बर्षीया आमा लीलाकुमारीको बुधबार राति मृत्य भएको थियो । ‘आमाको पनि मत खसाल्ने चाहना थियो, त्यो पुरा हुन सकेन, त्यसकारण आमाको ईच्छा पुरा गर्न शव नै लिएर आएको हौं, युद्धराजले भने । दाहसंस्कार गरेर फर्किदा समय सकिने भएकाले शवसहित मत […]
विश्वका प्रतिष्ठित मिडियाहरुले नेपालको निर्वाचनमा चीन र भारत पक्षधर गठब्नधनबीच प्रतिस्पर्धा भएको समाचार प्रकाशित गरेका छन् । रोयटर्स्, बिबिसी, द वासिंगटन पोस्टलगायतका मिडियाले यस्तो सामग्री प्रकाशित गरेका हुन् । नेपालको निर्वाचनसम्बन्धी समाचारमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बनाएर निर्वाचनमा गएका राजनीतिक दलहरु क्रमशः भारत र चीनसंग नजिक रहेको टिप्पणी गरेको छ […]
आजको अन्नपूर्ण पोस्ट र कारोबारमा छापिएको बासु क्षितिज र वि मिश्रको कार्टुन
ललितपुर-ललितपुर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् । काँग्रेसका उदयशमशेर जबरा लाई पछि पारेका सिलवालले ४७७ मत ल्याएका छन् । जबराले ४१४ मत प्राप्त गरेका छन्।
काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसका गगन थापा पछि पारेका छन्। थापाले एक हजार ४१ मत प्राप्त गरेका छन् एमालेका उम्मेदवार राजन भट्टराईले १२ सय ३९ मत ल्याएका छन् ।
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार बामगठबन्धनका उमम्मेदवार रामबिर मानन्धरको १ हजार ७१ मत ल्याएका छन्, लोकतान्त्रिक गठबन्धनका विक्रमबहादुर थापाले ६ सय २४ मत ल्याएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका विक्रमबहादुर थापा ४ सय ४७ मतले पछि परेका छन् ।
गाईघाट, उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई पोखरीमा डुबेर बेपत्ता भएका थिए । तर बिहीबार बेलुकीदेखि राति अबेरसम्म […]
गोरखा : प्रतिनिधिसभा क्षेत्र नम्बर २ शुक्रबार बिहानसम्म मतपरिणाममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ भन्दा १२ सय मतले अघि छन्। बिहान ११ बजे सार्वजनिक मत परिणाम अनुसार भट्टराईले ७५२० मत ल्याएका छन् भने श्रेष्ठले ६३०४ मत ल्याएका छन्। गोरखा क्षेत्र नम्बर २ मा मंसिर १० गते भएको निर्वाचनमा […]