573 views 0 secs 0 comments

जो आमाको शब बोकेरै गए भोट हाल्न

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:०६

पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीका युद्धराज गैरेले आमाको शवसहित मतदान केन्द्र पुगेर मतदान गरेका छन् ।

१०१ बर्षीया आमा लीलाकुमारीको बुधबार राति मृत्य भएको थियो ।

‘आमाको पनि मत खसाल्ने चाहना थियो, त्यो पुरा हुन सकेन, त्यसकारण आमाको ईच्छा पुरा गर्न शव नै लिएर आएको हौं, युद्धराजले भने ।

दाहसंस्कार गरेर फर्किदा समय सकिने भएकाले शवसहित मत हाल्न आएको उनले बताए ।

उनले शोकमा दिएको मतको सदुपयोग हुने विश्वास लिए ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।