1172 views 0 secs 0 comments

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

In देश, बिजनेस
२० कार्तिक २०७४, सोमबार १५:२३

नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९एन एकेएस जहाज ल्यान्ड गर्नेक्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो।

दुर्घटना भएको जहाजमा दुई जना पाइलट मात्र थिए। उनीहरु सकुसल छन्।

टायर पंचर हुँदा जहाजलाई पाइलटले धावनमार्गदेखि एक मिटर पर अवतरण गराएका थिए। धावनमार्गमा जहाज दुर्घटना हुँदा भैरहवा विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्।