508 views 0 secs 0 comments

नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने ५ चिनियाँ नागरिकलाई १ करोड २६ लाख नेपाली रुपैयाँ सहित पक्राउ.. .

In देश
१५ भाद्र २०७६, आईतवार ०९:३८

महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ ।
उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीले जनाएको छ। उनीहरू दरबारमार्गबाट पक्राउ परेका हुन्।
नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको पाइएपछि प्रहरीले दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ गरेको थियो ।