548 views 1 sec 0 comments

आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना…

In देश
११ आश्विन २०७६, शनिबार ११:५७

आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । यसैगरी मध्य तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि मौसमविले औंल्याएका छन् ।
जल तथा मौसम विज्ञान विज्ञानको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । काठमाडौं उपत्यकालगायत देशका मध्य र पूर्वका थोरै तथा पश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।