
कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् ।
पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका बस्यालको भने भारतमा बसेर हृयाकिङको योजना बनाउने काले भनिने पिटरसाग सम्पर्क भएको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
उनै बस्यालले मालती न्यौपाने र यसअघि पक्राउ परेका रामकृष्ण भुसाललाई रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।