प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
प्रदेश १ को बाढी प्रभावित क्षेत्रमा सर्पदंशको प्रकोप बढेको छ । बाढी र डुबान प्रभावित क्षेत्रका मानिस सर्पको डसाइबाट बिरामी परेपछि एक सातादेखि स्थानीय अस्पतालहरूमा बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । वीपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव […]
काभ्रेको धुलिखेल नगरपालिका-१ देवीटारमा एक वृद्धाको हत्या भएको छ । राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको हत्या भएको हो । राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । माइलीमाया र सुन्तली सासू-बुहारी हुन् ।
प्रदेश २ का मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले बाढी पीडितहरुलाई एक महिनाको तलव दिने भएका छन् । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी पीडितलाई एक महिनाको तलव दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । प्रदेश २ मा मुख्यमन्त्रीसहित ६ जना मन्त्री र ६ जना राज्यमन्त्री रहेका छन् ।
साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो ।
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए । माइतीघरमा भेला हुनुअघि सुन्धारा, बानेश्वर र थापाथलीबाट र्याली निकालिएको थियो । संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको […]
मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक-दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ । […]
एक वर्ष अगाडि धनुषामा भएको डकैतीमा संलग्न तीन जना पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका ८ जमुनीबासस्थित चार जनाको घरमा हातहतियारसहित डकैती गर्नेमध्ये एक जना पछिल्लो पटक धनुषाकै मिथिला नगरपालिका ६ ढल्केबरबाट पक्राउ परेका छन् । अन्य दुई जना यसअघि नै पक्राउ परिसकेका थिए । पछिल्लो पटक पक्राउ पर्नेमा सर्लाहीको साविक नोकैलवा गाविस ६ […]
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गरी पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह-पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी-दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’