
प्रदेश २ का मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले बाढी पीडितहरुलाई एक महिनाको तलव दिने भएका छन् ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी पीडितलाई एक महिनाको तलव दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । प्रदेश २ मा मुख्यमन्त्रीसहित ६ जना मन्त्री र ६ जना राज्यमन्त्री रहेका छन् ।