मोरङ । २१ गते तराईका जिल्लामा हुन गैरहेको प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना बिद्यालयमा हुने भएपछि विराटनगरवासी आक्रोसीत बनेका छन् ।
मोरङ स्थीत ६ ओटै प्रनितिधी सभा र १२ ओट प्रदेश सभाको मतगणना विराटनगर स्थीत आर्दश बिद्यालयमा हुँदै छ । जिल्ला भरको मतगणना हुँदा धेरै दिनसम्म बिद्यार्थी पढाइ प्रभावित हुने भन्दै अभिवावकले यसको बिरोध गरेका हुन । मतदानको दिन एक दिन बिद्यालय बन्द गर्नु व्यवहारीक भएपनि मतगणनाको लागि बिद्यालय रोज्नु गलत भएको अभिवावकहरुको भनाइ छ ।
तर मृख्य निर्वाचन अधिकृत प्रमेप्रसाद संजेलले भने अन्तीम अवस्थामा आएर गणना स्थल परीर्वतन गर्न नसकिने बताउनुभयो ।
विगतका सबै निर्वाचनमा पनि यहि बिद्यालयमा मतगणन हुने गरेकाले र अन्य उपयुतm स्थान नभएकाले अहिले तत्काल परीर्वतन गर्न नसकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।