Home > Articles posted by NewsDesk (Page 25)
FEATURE
on २६ मंसिर २०७८, आईतवार ०७:५३
267 views 0 secs

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएकाे छ । हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको […]

FEATURE
on २६ मंसिर २०७८, आईतवार ०७:१९
291 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा […]

FEATURE
on २५ मंसिर २०७८, शनिबार १९:१८
235 views 0 secs

प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिकामा अवैध रुपमा काठ ल्याइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । ना २१ प ७५४९ नम्बरको मोटरसाइकलमा खयरको डमरु १६ थान लिएर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गुजरा नगरपालिका–१ कोठियारका वीरबहादुर लामा दोङ र सोही ठाउँका विजय लामा दोङ छन् । काठ […]

FEATURE
on २५ मंसिर २०७८, शनिबार १८:५६
220 views 0 secs

पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय सात […]

FEATURE
on २५ मंसिर २०७८, शनिबार १७:३१
202 views 0 secs

सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध १ त ४४५ नंको ट्रयाक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्रयाक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । मृतकको शव […]

FEATURE
on २५ मंसिर २०७८, शनिबार १६:३५
235 views 0 secs

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका गुण्डुका रवीन्द्र थापाको उपचारका क्रममा […]

FEATURE
on २५ मंसिर २०७८, शनिबार १५:३९
294 views 0 secs

सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । हरिवन नगरपालिका-११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले पसलमा बिक्रीका लागि राखिएको टेलिभिजन, फ्रिसहितका सामान र पसल बाहिर पार्किङ गरी राखिएको ज. २ प. […]

FEATURE
on २५ मंसिर २०७८, शनिबार १३:२१
243 views 0 secs

दोस्रो संस्करणको साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि बङ्गलादेशमा सुरु हुँदैछ । आज नै नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध खेल्दैछ । खेल बेलुका सात बजे सुरु हुनेछ । यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण १८ वर्षमुनिको टिमबीच भएको थियो । त्यतिबेला फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै बङ्गलादेशले पहिलो संस्करणको उपाधि जितेको […]

FEATURE
on २५ मंसिर २०७८, शनिबार १३:००
236 views 0 secs

झापाको बाह्रदशी गाउँपालिका–३ मा रहेकाे त्रिवेणी चोकमा बस र भ्यान ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा परि बाह्रदशी गाउँपालिका- १ भागुडुब्बाका भ्यान चालक ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको ज्यान गएकाे हाे । आज बिहान चारपाने राजगढ सडक खण्डमा प्रदेश १–०१–००१–ख ३५२४ नम्बरकाे बस र मे १ च २२२६ […]

FEATURE
on २५ मंसिर २०७८, शनिबार १२:११
277 views 0 secs

काँग्रेस नेतृ सुजाता कोइरालाले सबैलाई ‘सरप्राइज’ दिँदै प्रकाशमान श्रेष्ठ क्याम्पमा उभिएकी छिन् । उनले प्रकाशमानको प्यानलबाट उपसभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने भएकी हुन् । शनिबार बिहान प्रकाशमानसँगै भेटिएकी सुजाताले संक्षिप्त कुराकानीमा १४ औँ महाधिवेशनबाट नयाँ अनुहार ल्याउनका लागि उनलाई आफूले समर्थन गरेको बताइन् । उनले भनिन्, ‘महाधिवेशनबाट नयाँ अनुहार आउनुपर्छ । नयाँ अनुहार आएपछि […]