234 views 0 secs 0 comments

अवैध रुपमा काठ ल्याइरहेको अवस्थामा दुई जनालाई पक्राउ …

In समाज
२५ मंसिर २०७८, शनिबार १९:१८

प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिकामा अवैध रुपमा काठ ल्याइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । ना २१ प ७५४९ नम्बरको मोटरसाइकलमा खयरको डमरु १६ थान लिएर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गुजरा नगरपालिका–१ कोठियारका वीरबहादुर लामा दोङ र सोही ठाउँका विजय लामा दोङ छन् । काठ र मोटरसाइकलसहित उनीहरुलाई डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख लामिछानेले बताए ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिए । अवैधरूपमा कटान गरी तस्करहरूले काँचो खयरको डमरु तथा मुकुण्डो बनाउन मकवानपुर, काठमाडौं लगायतका जिल्लामा लैजाने गरेको प्रमुख यादवले जानकारी दिए ।