विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, छ वर्षीया नातिनी रिन्कु […]
नेपाली बजारमा सुनको भाउ सोमबार पनि घटेको छ । केही दिनयता सुनको मूल्यमा केही गिरावट आएको छ । आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ ।
काठमाडौं महानगरपालिका ३१ शंखमुलमा पार्किङ गरी राखेको बा ४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका ८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्का […]
फलफूल तथा तरकारी पर्याप्त हुने सिजनमै तरकारीको मूल्य आकाशिएको छ। तरकारीको भाउ हेर्दा वर्षायामको सिजनमा पनि हिउँदे यामको भन्दा बृद्धि हुँदै गएको देखिन्छ। १ हप्ताको समयमा मात्रै झण्डै ७०६ प्रतिशतले बृद्धि भएको कालिमाटी तरकारी, फलफूल तथा तरकार बजार विकास समितिको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क हेर्दा एक हप्ताको अवधीमा मात्रै पालुङ्गो तरकारीको मूल्य प्रतिकेजी १७३.३३ प्रतिशतले […]
रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो। जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ। अघिल्लो आव २०७५÷०७६ मा परिचयपत्रका लागि सिफारिस भएका २६३ जनालाई परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष […]
असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए। उनीहरुमध्ये १० […]
सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवाबाट हातहतियार र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-५ मगर टोल बस्ने २७ वर्षीय करणकुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेका छन्। एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ […]
प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव नेतृत्वको नेकपा माओवादीको भएको प्रहरीले जनाएको छ। झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त […]
गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ। भूकम्पले क्षति पुर्यारएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए। ‘ट्रकभित्र मार्बल अनलोड गर्न […]
मोरङको सुन्दरहरैंचा नगरपालिका-६ स्थित सडकखण्डमा आइतबार दिउँसो टिपरले ९ वर्षीय बालकको ज्यान लिएको छ। दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट लुकास थपलियाको मृत्यु भएको हो। तीव्र गतिको टिपरको ठक्करले बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको पूर्वपश्चिम राजमार्गको भित्री सहायक बाटोमा को१ख ६२७३ नम्बरको टिपरले बालकलाई ठक्कर […]