
काठमाडौं महानगरपालिका ३१ शंखमुलमा पार्किङ गरी राखेको बा ४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका ८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्का रहेका छन् । मादक पदार्थ सेवन गरेका उनीहरुले उक्त माइक्रोबस तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।