
फलफूल तथा तरकारी पर्याप्त हुने सिजनमै तरकारीको मूल्य आकाशिएको छ। तरकारीको भाउ हेर्दा वर्षायामको सिजनमा पनि हिउँदे यामको भन्दा बृद्धि हुँदै गएको देखिन्छ।
१ हप्ताको समयमा मात्रै झण्डै ७०६ प्रतिशतले बृद्धि भएको कालिमाटी तरकारी, फलफूल तथा तरकार बजार विकास समितिको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्क हेर्दा एक हप्ताको अवधीमा मात्रै पालुङ्गो तरकारीको मूल्य प्रतिकेजी १७३.३३ प्रतिशतले बृद्धि भएको छ। गत हप्ता अजोज ५ गते पालुंगो सागको प्रतिकेजी ७५ रुपैयाँ थियो भने यो हप्ता १२ गते प्रतिकेजी २०५ रुपैयाँ पुगेको छ।
त्यस्तै हरियो खुर्सानीको मूल्य पनि ह्वात्तै बढेको छ। एक हप्ताको अन्तरमा ८४.२१ प्रतिशतले बृद्धि भएको छ। गत आइतबार ९५ रुपैयाँ केजीमा कारोबार भैरहेको खुर्सानीको मूल्य यो हप्ता १७५ रुपैयाँमा कारोबार भैरहेको तथ्याङ्कले देखाएको छ।
त्यस्तै सबैभन्दा बढी मूल्य बढ्नेमा भेडे खुर्सानी पनि एक हो । यसको साप्ताहिक बृद्धि दर हेर्ने हो भने ४८ प्रतिशतले बृद्धि भएको गत हप्ता प्रतिकेजी १ सय २५ मा कारोबार भैरहेको भेडे खुर्सानी यो हप्तामा १ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ।
कालिमाटी तरकारीमा बजारमा उपलब्ध भएको ७३ प्रकारको तरकारी मध्ये ७० प्रतिशत तरकारीको मुल्य बढेको छ।
यो वर्षमा गत वर्षको भन्दा आकाशे पानी बढी भएका कारण किसानले तरकारी उत्पादन गर्न नसक्दा मूल्य बढेको कालिमाटी तरकारी तथा फलफूल बजार समितिका प्रवक्ता तथा उप–निर्देशक विनय श्रेष्ठ जानकारी दिए।