
मोरङको सुन्दरहरैंचा नगरपालिका-६ स्थित सडकखण्डमा आइतबार दिउँसो टिपरले ९ वर्षीय बालकको ज्यान लिएको छ।
दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट लुकास थपलियाको मृत्यु भएको हो।
तीव्र गतिको टिपरको ठक्करले बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको पूर्वपश्चिम राजमार्गको भित्री सहायक बाटोमा को१ख ६२७३ नम्बरको टिपरले बालकलाई ठक्कर दिएको थियो। सो स्थानमा तीव्र गतिमा टिपर चलाइने गरेको छ। टिपर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।