प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इञ्चार्ज नीमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई […]
कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका एकजना कैदी भीमफेदी कारागारबाट भागेका छन् । सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन् । सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको कारागारको १२ फिट अग्लो पर्खाल नाघेर धामी भागेको कारागारका जेलर प्रकाश खनालले बताए । राति कैदी फरार भएको खबर पाएपछि खोजी थालिएको […]
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणी बजारनजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ‘अन्टेस्ट’ मोटरसाइकल सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर शनिबार राति १० बजे दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–३ का २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनील रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक साउदले जानकारी दिए ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीको गरगहना र रकमसहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो करिब १ बजेको समयमा भारतको जयनगरबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ६ किलो चोरीको गरगहना र नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहा जिल्लाका ४८ वर्षीय अजय […]
भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन् । आज बिहान गाउँमाथिको खोया लेकमा पशुचौपायाका लागि घाँस काट्न गएको समयमा भालुले आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको स्थानीय प्रेमबहादुर सार्कीले जानकारी दिनुभयो । घाइते थापा आक्रमणलगत्तै कराएपछि नजिकै रहेका स्थानीय गोठालाले जानकारी […]
जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ । लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी […]
जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ । पूर्पक्षका लागि थुनामा जानेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर, ललितपुरले कात्तिक ३ गते नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला […]
धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना७ख ३७६० नंको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब […]
यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्रै खोक्रिएर बाहिर-बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भुतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकका नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ आँखा चिम्लन पनि जग्जगी आँखा उघार्न पनि जगजगी यो जिन्दगी खै के जिन्दगी ! पसलमा सोकेशभित्र सजाइराखेको काँचको चुराजस्तो यो जिन्दगी कुनै […]
सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ कि २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो । बुधबार नै प्रसूति व्यथाले थलिएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भए पनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए ।