भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी […]
खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी भएको छ । रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलस्थित निवासमा पार्किङ गरी राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । आगजनीका कारण गाडी पूरै जलेको छ । ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो उठेर हेर्दा गाडीमा […]
मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यसअघि जिपले रु ६०० र बसले रु ५०० भाडा लिँदै आएका थिए । यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, .अब यात्रुले […]
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ बसामाडीमा ट्रकको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय लालबहादुर राई रहेका छन् । ठक्कर दिने ट्रकको पहिचान नखुलेपछि प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंहले जानकारी दिए ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ […]
वनमा लागेको आगो निभाउने क्रममा लडेर बाजुरामा एक जना किशोरको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका १५ वर्षीय रति बिकको मृत्यु भएको हो । लडेर आगोमा परी गम्भीर घाइते भएका बिकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगर-२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए । एक्लै बस्दै आएका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका […]
सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द (विप्लव)समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन नगरपालिका–८ को पोख्राङ गाउ“बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताए । प्रहरीले गौतमका […]
धनुषामा सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शनिबार धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीयाबाट भारतको विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर ८ र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको […]
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहटका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । चितवनको भरतपुर बस्ने एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगको रौतहटको यमुनामाई गाउँपालिकामा पर्ने सरुअठा हेल्थ पोष्टका इञ्चार्ज सुधिर कुमार सिंहलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । रौतहट प्रहरीका प्रवक्ता डिएसपी नवीन कार्कीका अनुसार शनिवार स्वास्थ्यकर्मी सुधिर कुमार सिंह र गोरखा गौर चल्ने […]