आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति छ ?

In खेलकुद
१ पुष २०७५, आईतवार ११:५६

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार शनिबार अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर मूल्य १ सय १५ रुपैयाँ ३४ पैसा रहेको थियो भने आज आइतबार पनि त्यस मुल्य अनुसार कारोबार भैरेहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५६ पैसा छ। त्यस्तै पाउण्ड डलरको खरिददर १४४ रुपैयाँ २९ पैसा र बिक्रिदर १४५ रुपैयाँ ०४ पैसा रहेको छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७५ पैसा छ, त्यो पनि स्थिर छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ५१ पैसा र विक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ।