बंगलादेशतर्फ यू–१९ टोली….

In खेलकुद
१२ आश्विन २०७५, शुक्रबार १३:३९

काठमाडौँ — एसीसी यू–१९ एसिया नेपाली यु–१९ क्रिकेट टोली बिहीबार बंगलादेश गएको छ । शनिबार सुरु हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित साबिक विजेता अफगानिस्तान, भारत र यूएई रहेका छन् । समूह ‘बी’ मा आयोजक बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका छन् । नेपालले शनिबार आफ्नो पहिलो खेलमा भारतसँग खेल्नेछ ।