रियल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलको ह्याट्रिक

In खेलकुद
५ पुष २०७५, बिहीबार १३:५८

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधवार राति दुवैमा भएको खेलमा स्ट्राइकर ग्यारेथ बेलले ह्याट्रिक गरेपछि रियलले जापानीज क्लब कासिमा एन्टलेर्सलाई ३–१ ले पराजित गर्यो।

रियलले पहिलो गोल गर्न ४४ मिनेट कुर्नुपरेको थियो। ४४ औं मिनेटमा बेलले गोल गर्दै टेलीलाई अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता लिएको रियलका लागि ५३ औं मिनेटमा पुनः वेलले ब्याक्तिगत दोस्रो गोल गरे।

५५ मिनेटमा मार्सेलोको पासमा गोल गर्दै बेलले ह्याट्रिक पूरा गरे। पराजित टोलीका लागि खेलको ७० औं मिनेटमा सोमा डोइले एक गोल फर्काएपनि हार टार्न सकेनन्। रियलले अब उपाधिका लागि युएईको अल एइनसँग खेल्ने छ।