साफ महिला यू १५ फुटबल : नेपालले बंगलादेशको सामना गर्दै

In खेलकुद
१३ मंसिर २०७४, बुधबार १५:३१

काठमाडौं, मंसिर १३ – १५ वर्षमुनिको साफ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।  एसियाली फुटवल महासंघ एएफसीले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले पहिलो खेल ढाकामा पुस २ गते बंगलादेशसँग खेल्नेछ ।

यस्तै दोस्रो खेल पुस ४ गते भारतसँग र पुस ६ गते भुटानसँग खेल्नेछ । राउण्ड रोविन लिगअनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोली पुस ९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।