627 views 0 secs 0 comments

माइक्रो बस दुर्घटनामा परी २ महिलाको मृत्यु :

In समाज
९ आश्विन २०७५, मंगलवार २३:५६

तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो । उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सन्देश नेपाल लाई जानकारी दिनुभयो ।