686 views 0 secs 0 comments

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवती पक्राउ…

In देश, समाज
३ आश्विन २०७६, शुक्रबार १६:०२

सोझा साझा व्यक्तिहरुलाई वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवती पक्राउ परेकी छिन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ की पद्मा जोशी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असोज १ गते काठमाडौंबाट पक्राउ गरेका हो । उनी लाजिम्पाटस्थित शिखर इन्टरनेसनल म्यानपावरमा विगत १२ वर्षदेखि काम गर्दै आएको खुलेको छ ।
जोशीले कतार प्रहरीमा मासिक ६ हजार रियालमा काम लगाइदिन्छु भनेर रकम ठगेको खुल्न आएको छ । उनले कतार प्रहरीमा जान ६ लाख १५ हजार लाग्छ भनेर आफ्नो नामको बैंक खातामा पटक पटक ६ लाख रुपैयाँ जम्मा गर्न लगाएकी थिइन् ।
उनले सरकारले तोकेभन्दा बढी रकम लिएर ठगी गरेको पाइएको हो । तोकेभन्दा बढी रकम लिएर ठगी गरेको भन्दै पीडितले उजुरी गरेपछि घटना बाहिर आएको हो ।