481 views 0 secs 0 comments

जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि एक घण्टाभन्दा बढी समय चेकजाँच…

In देश
३ आश्विन २०७६, शुक्रबार १६:१२

जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय चेकजाँच गरेको छ ।
पूजापाठ तथा दर्शनका लागि आएका श्रद्वालु, मन्दिर परिसरमा रहेका व्यापारीसहित सबैलाई बाहिर निकालेर प्रहरीले एक घण्टासम्म चेकजाँच गरेको हो । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले मन्दिरभित्र विस्फोटक पदार्थ राखिएको सूचनाको आधारमा चेकजाँच गरिएको बताए ।
खनालले प्रहरीका साथै विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरलाई समेत ल्याई चेकजाँच गरिएको बताए । यद्यपी कतै केही फेला नपरेको उनले बताए । ‘हामीले विस्फोटक पदार्थ राखएको सूचना पाएपछि चेकजाँच गरेका हौं’ भने, “तर त्यस्तो केही पनि फेला परेन ।’