
महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
उत्तर–पश्चिम बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा शुक्रबार दिउँसो कुखुरा बोक्ने जिपको ठक्करबाट ज १ त १८०६ नम्बरको कुखुरा बोक्ने जिपले विपरित दिशाबाट आउँदै गरेको ज १० प २०६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक बिनोदकुमार भण्डारीको घटना स्थलमै मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।