442 views 0 secs 0 comments

हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा एक जना पक्राउ…

In समाज
२७ माघ २०७६, सोमबार १४:२१

हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेको भोलिपल्ट पर्सा प्रहरीले अनुसन्धानका लागि भन्दै थप एक जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज घडिअर्वा बस्ने मदन गुप्ता रहेका छन् । वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले आइतबार उक्त रकमसहित भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तोलाई पक्राउ गरेको थियो ।