551 views 0 secs 0 comments

१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ…

In समाज
२७ कार्तिक २०७६, बुधबार १३:१०

माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए ।