1826 views 0 secs 0 comments

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु…

In समाज
२७ कार्तिक २०७६, बुधबार १३:५८

पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्लाको हिलिहाङ गाउँपालिका–४, सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।
निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा २ क २९२० नंम्बरको टिपर सडकबाट करिब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।