
उदयपुरमा सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको ज्यान गएको छ । कटारी नगरपालिका–११, गोठडाँडाका शंकर राउतको गएराति बन्दुकको छर्राले लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, कटारीका प्रमुख डीएसपी प्रेमसागर केसीले सिकारीले चलाएकाे भरुवा बन्दुकको छर्राले लागेर राउतको ज्यान गएको जानकारी दिए ।