762 views 1 sec 0 comments

ऋचालाई समर्थन गर्दै रेखाले भनिन् ‘जोक्कर

In देश, मनोरञ्जन, समाज
१२ मंसिर २०७४, मंगलवार १३:३८

आज जताततै चर्चा नायिका ऋचा शर्माको मात्र छ । उनले एक कार्यक्रममा ‘छक्का पञ्जा’ हेरेर ताली पिट्ने दर्शकलाई ‘मूर्ख’ भनेको अभिव्यक्तिले सिनेवृत तरंगीत बन्दा कतिले ऋचाको समर्थनमा बोलेका छन् भने कतिले विपक्षमा । यस विषयमा फिल्मकर्मी र दर्शकहरु पनि विभाजित भएका छन् ।

यस्तैमा नायिका रेखा थापाले ऋचालाई समर्थन गर्दै सञ्चारकर्मी डिबी खड्काको स्टाटसमा कमेन्ट लेखेकी छिन्, ‘ऋचाले भिडियोमा दर्शकलाई मूर्ख भनेको छैन । उनी समझदार महिला हुन् । के बोल्ने र के नबोल्ने उसलाई थाहा छ । एउटा महिलाको पछाडि लागेको देखेर मलाई अचम्म लागिरहेको छ । खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो । तर, जोक्करभन्दा माथि नउठ्ने भए ।’