765 views 0 secs 0 comments

बानेश्वर चोक वाम गठबन्धनको कब्जामा, गाडी जाम हुँदा यात्रुलाई समस्या

In देश, राजनीति, शिक्षा
१२ मंसिर २०७४, मंगलवार १३:२९

काठमाडौं, मंसिर १२ – चुनावी सभाका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र (वाम गठबन्धन)का कार्यकर्ताले काठमाडौंको बानेश्वर चोक कब्जा गरेका छन् ।

वाम गठबन्धनको अहिले हुन लागेको सभाका लागि भन्दै गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकलसमेत चल्न नदिएपछि थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको छ । बानेश्वर चोकमा नै सभाको तयारी भइरहेकाले तिनकुने र बबरमहलसम्मकै सडकमा पनि गाडी जानमा फसेका छन् ।

वाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १ को चुनावी सभा बानेश्वरमा गर्न लागेको हो । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादललगायतले संबोधन गर्ने तयारी छ ।