
पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो ।
सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्।
उनले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना दिएर बलात्कार गरी हत्या गरेको बयान दिएका छन्। यद्यपी, जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे दिउँसो पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने बताएको छ। कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले अपराधी पत्ता लागिसकेको पुष्टी गरे। ‘२४ घण्टा नबित्दै अपराधी पत्ता लगाउनु कास्की प्रहरीको सफलता हो, उनले भने।तस्बिर : दीपक परियार
मंगलबार बिहान शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न कुकुर परिचालन गरेको थियो। उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो। श्रीया बसिरहेको मामाघर र पौडेलको घर एक सय मिटरको फरकमा छ। पौडेलले सोमबार साँझ ५:३० बजे मामाघरबाट बिस्कुट किन्न पसल हिँडेकी श्रीयालाई बीच बाटोमै नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर श्रीयाको मृत्यु भएको प्रमाणित गरिसकको छ। उनको शव निधारमा थिलोथिलो बनाइएको, शरीरभरी धारिलो बस्तुले कोपेको, अर्धनग्न अवस्थामा मामाघरबाट ५० मिटर परको झाँडीमा मंगलबार बिहान ८ बजे फेला परेको थियो।