
मंसिर २६, २०७४ कालिकोट : जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीको अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। सोमबार राति अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्यधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलीले बताए। ‘अवस्था निकै जटिल थियो। राति अप्रेसन गरेर बच्चा निकालियो।’ उनले भने,‘रक्तश्राव अत्यधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ।’ शाहीको अवस्था गम्भीर भए पनि जन्मिएको बच्चा निकै स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलीले बताए।
Read more at: http://thahakhabar.com/news/28096
Read more at: http://thahakhabar.com/news/28096