सुनसरी ३ को रोकिएको मतगणना शुरु

In राजनीति
२६ मंसिर २०७४, मंगलवार १२:१६

सुनसरी,मंसिर २६ गते – सोमबारदेखि स्थागीत भएको सुनसरी क्षेत्र नम्बर ३को मतगणना सुरु भएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना शुरु गर्न आयोगले निर्देशन दिएपछि सुनसरी ३ मा मतगणना शूर भएको हो ।

मतगणना भइरहेको स्थालमा सवै दलका प्रतिनीधि गएका छन् । बाम गठबन्धन प्रतिनीधिहरु प्रवेश गरिसकेका पछिमतगणना शुरु भएको हो । मतगणना स्थलमा अहिले ठूलोमात्रामा प्रहरी परिचालन गरिएको छ । सुनसरी क्षेत्र नम्बर ३ मा विजय गच्छदार र भगवती चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । २० हजार मत गन्न बाँकी हुँदा १ सय ५५ मतले भगवती चौधरी अगाडि हुनुहुन्छ । त्यहाँ भगवतीले २९हजार ३सय २६ र गच्छदारले २९हजार १सय ७१ मत प्राप्त गर्नु भएको छ ।