
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । निर्धारित समय ९ बजेभन्दा करिब २ घण्टा ढिलो गरी शुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।
मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जना भन्दा धेरै उम्मेदवार छन् ।