972 views 0 secs 0 comments

काठमाडौंमा समानुपातिक मत गन्न सुरू: पहिलोमा कांग्रेस, तराजु दोस्रोमा

In देश, बिचार
२४ मंसिर २०७४, आईतवार २०:००

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम आइसकेपछि समानुपातिकतर्फ मतगणना सुरु भएको छ।

काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार ४ हजार ३६१ मत गन्दा कांग्रेस ३१ प्रतिशतसहित अगाडि छ। यस्तो  २६ प्रतिशत मत ल्याएर विवेकशील साझा दोस्रो र एमाले २५.४ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा छ। माओवादी ४.७ प्रतिशत मतका साथ चौथो स्थानमा छ।