प्रचण्डकी बुहारी बिना मगर १९ हजार मतान्तरले विजयी

In राजनीति
२५ मंसिर २०७४, सोमबार ०६:५१

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेद्वार बीना मगर विजयी भएकी छन्।

हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार उनले ३९ हजार २१ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे।  माओवादी उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्।