128 views 0 secs 0 comments

धराप थापेर दुई वटा गैँडा मारेको आरोपमा ९ जना पक्राउ

In हत्या
१३ मंसिर २०८०, बुधबार १८:३१

१३ मंसिर, काठमाडौँ ।

चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर गैँडा मारेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ९ जनालाई पक्राउ गरेको छ । कार्तिक ३० मा दुई वटा खाल्डोमा १८ वर्ष र ६ वर्षका गैँडा खाग काटिएको अवस्था मृत भेटिएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चप्परचुली  पोस्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वमा खाल्डोमा पारेर सङ्गठित गिरोहले धरापमा पारेर गैँडा मारेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका ४७ वर्षीय शमशेर थिङ, रोल्पा घर भएका २७ वर्षीय अर्जुन रोका, चितवनको राप्ती नगरपालिका–११ घर भएका ४३ वर्षीय आइते सिंह मोक्तान उर्फ पासाङ, मकवानपुरका ३३ वर्षीय रमेश खाती, ५८ वर्षीय सिताराम थिङ र धनबहादुर गुरुङ छन् ।