अमेरिकी सेनाको विमान जापानमा दुर्घटना, आठ जनाको मृत्यु

In दुर्घटना, मृत्यु
१३ मंसिर २०८०, बुधबार १८:२३

१३ मंसिर, काठमाडौँ।

जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए । जापानी कोस्ट गार्डले बीबीसीलाई उद्धारकर्मीहरूले घटनास्थलमा एक व्यक्तिलाई फेला पारेको जानकारी दिएको छ ।तर उनको श्वास भने चलेको थिएन । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको हुनसक्ने बताइएको छ ।

जापानको सरकारी मिडिया एनएचकेका अनुसार  सीभी२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको बेला बायाँ इन्जिनमा आगो लागेको थियो । यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ ।