
१८ मंसिर, काठमाडौँ।
सुनसरीको इटहरीमा छिमेकीले धारिलो हतियार प्रहार गरी एक जनाको ज्यान लिएका छन् ।
इटहरी उपमहानगरपालिका- २ शान्तिनगर राई टोलकी मधुमाया पुरीको छिमेकी सन्तोष राईले हत्या गरेका हुन् ।
घर पछाडि रहेको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।