
गणतन्त्र दिवसको शुभकामना किन ?
– दलितलाई ‘कुकुर कामी’ भनेर नागरिकता दिईन्थ्यो, जनयुद्धको जगमा स्थापित गणतन्त्रले त्यो नागरिकता च्यातेर कविराम बनायो।
– महिलालाई घरबाहिर निस्कन मुस्किल थियो, जनयुद्धको जगमा स्थापित गणतन्त्रले राष्ट्रपति, सभामुख, प्रधानन्यायधिश, महानगर प्रमुख, पालिका अध्यक्ष/उपाध्यक्ष …. बनायो । राज्यका हरेक तहमा महिलाको अनिवार्य प्रतिनिधित्वको ब्यवस्था गर्यो ।
– दलित, महिला, जनजाती, मधेशी, पिछडीएको क्षेत्रलाई रोजगारीमा व्यावधान थियो, जनयुद्धको जगमा स्थापित गणतन्त्रले नि:शुल्क पढ्ने र समावेशी प्रतिनिधित्वको व्यवस्था गरि उनीहरूलाई राज्यको उच्च ओहोदामा पुर्यायो ।
– राजाले दलहरूलाई जेल, मिडियामा शाहीसेनाको परेड, जनतालाई सभा सम्मेलन गर्ने र बिचार राख्न समेत प्रतिवन्ध लगाएका थिए, जनयुद्धको जगमा स्थापित गणतन्त्रले स्वतन्त्रता दिलायो र हामीहरू यसरी बोलीरहेका, लेखिरहेका छौँ ।
– स्वास्थ्य उपचारमा समस्या थियो, जनयुद्धको जगमा स्थापित गणतन्त्रले गरिव, विपन्न, ज्येष्ठ नागरिक, सहिद परिवार लगायतलाई निःशुल्क उपचारको ब्यवस्था गर्यो । सुत्केरीलाई बाटोखर्च, दम/ब्रोन्काईटिसको निःशुल्क उपचार, क्यान्सर, मृगौला पिडित लगायतलाई मासिक उपचार खर्च समेत व्यवस्था गर्यो ।
– पहिला बोर्डिङ पढ्नेहरूलाई प्राथमिकता थियो, जनयुद्धको जगमा स्थापित गणतन्त्रले सरकारी स्कुल पढेकाहरूलाई प्रोत्साहन र उच्च शिक्षामा छात्रबृत्ति दिलायो ।
– पहिला अधिकारका लागि सँधै आन्दोलन गर्नुपर्ने बाध्यता थियो, जनयुद्धको जगमा स्थापित गणतन्त्रले वाक्, प्रेस स्वतन्त्रता सहित महिला, दलित, ज्येष्ठ नागरिक लगायत …. मौलिक हक संविधानमै दिलायो ।
– पहिला सामान्य सिफारिस र २/४ हजार बजेटको लागि जिल्ला, अंचल हुँदै सिँहदरबार पुग्नुपर्थ्यो, जनयुद्धको जगमा स्थापित गणतन्त्रले गाउँमै सिँहदरबारको अधिकार ल्याईदियो ।
– महिला उद्यमी, कृषक लगायतलाई सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध छ ।
– पहिला चुलो चौकोमा सिमित महिला जनयुद्धको जगमा स्थापित गणतन्त्रका कारण करोडौँका सहकारी चलाएका छन्, उद्यमी बनेका छन् ।
– राज्यका हरेक क्षेत्रमा जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, पिछडिएको क्षेत्रमा समानुपातिक प्रतिनिधित्व ग्यारेण्टी गरिएको छ।
यसका अलावा जनयुद्धको जगमा स्थापित गणतन्त्रका कारण :
– नेपालमा रोजगारीका लागि आउने विदेशी नागरिकका लागि अनिवार्य वर्क परमिट लागू भएको छ ।
– नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा एकाधिकार पूँजीको आधिपत्य अन्त्य भएको छ ।
– सेना, प्रहरी, प्रशासन मा लोकतान्त्रिकरण भएको छ । सेनामा मधेशी समुदाय पनि भर्ति हुन थालेका छन् । दलित, जनजाति, महिला, मधेशीले आरक्षण कोटामा सेना प्रहरीमा रोजगारी पाएका छन् ।
– पितृसत्तात्मक शोषणको अन्त्य गरी छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार प्राप्त छ ।
– सबै खाले जातीय शोषण र उत्पीडनको साथै दलितहरूमाथिको भेदभाव र छुवाछूत प्रथा अन्त्य भएको छ/हुने क्रममा छ ।
– सबै भाषाभाषीहरूलाई समान अवसर र सुविधाका लागि संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको गरिमा दिएको छ । मातृभाषामा आधारभूत शिक्षा हासिल गर्न पाउने अधिकार प्रत्याभूत गरिएको छ ।
– पहाडे र मधेशी भनेर गरिने क्षेत्रीय भेदभाव अन्त्य भएको छ ।
– भूमिहीन एवं सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने काम धमाधम भैरहेको छ ।
– रोजगारीको ग्यारेण्टीका लागि युवा स्वरोजगार कार्यक्रम मार्फत स्वरोजगार र तथा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आँशिक रोजगारी प्राप्त भएको छ ।
– मजदूरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गरिएको छ ।
– गरीब किसानहरूले कृषि विकास बैंक तथा साना किसान बैंकबाट लिएको ऋण मिनाहा भएको छ ।
– नि:शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था भएको छ ।
– गाउँ–गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको व्यवस्था भएको छ । एकघर एकधारा तथा खरका छानामुक्त अभियान देशभर चलेको छ ।
– कुटिर तथा साना उद्योगहरूलाई विशेष सहुलियत र संरक्षण दिईएको छ ।
– अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरूको हितका लागि मौलिक हक अधिकारको व्यवस्था, संरक्षण, उपचार को ब्यवस्था छ भने अपाङ्गता भत्ताको व्यवस्था गरिएको छ ।
भरत पाण्डे गुल्मी !