
म सिपाही हँ
म राष्ट्रको प्रहरी
सचेत रहनु मेरो कर्म
सधैँ आत्मदानको निम्ति
तैयार रहनु मेरो धर्म
म सिपाही हँ !
देशमाथि पर्न दिन्नँ
कसैको पनि कुदृय़ष्टि
म दिन हैन ममाथि
अरुको नपरे पनि हुन्छ दयादृष्टि
म सिपाही हँ !
म हुन्छु निमिषमै नरसिंह
खतडा हाँक बनेको बेला
म सहन सक्दिनँ
परचक्रीका निष्ठुर हेला,
म सिपाही हँ !
जन्मभुमिको स्वतन्त्रता
जीउभन्दा प्यारो लाग्छ,
प्रभुता र सार्वमौमिकता
प्राणभन्दा प्यारो लाग्छ
म सिपाही हँ !
नराम्रो होला परिणाम
बरु काल-सर्पसँग जिस्क
देशको अहम्माथि प्रहार गरि
मसँग नजिस्क
म सिपाही हँ !
विश्व-प्रशसित
मूर्तिमान् पौरुष हुँ
उदाहरणीय
राष्ट्र-संरक्षक हुँ
म सिपाही हँ !
हर्दम चिन्ता लागिरहन्छ
देशमा ग्रहण लाग्ला कि !
सबैको भाग्योदयमाथि
राहुले पिरोल्ला कि !
म सिपाही हँ !
– केदारमान व्यथित