मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

In शिक्षा, समाज
१५ जेष्ठ २०८०, सोमबार १४:२७

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ…

वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।
श्री पृथ्वी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको पुर्कोट दह बजारमा रहेको स्थापना कालको जनज्योति प्राइमरी स्कुल पछि छात्राबासको रुपमा परिणत गरियो ।
वि.सं.२०३८ सालमा विद्यालय भवन बर्तमान ठाउँमा स्थानान्तरण भए पछि उक्त जग्गा केही वर्ष छात्रावासको रुपमा प्रयोग भयो । २०४३ सालमा छात्रावास भत्किएपछि जग्गाको प्रयोग भएको थिएन । बाटो बनाउने,टहरा बनाउने , पार्किङ गर्ने जस्ता कार्य गर्दै जाँदा क्रमश: जग्गा अतिक्रमण हुन थालेपछि तत्कालीन विद्यालय ब्यबस्थापन समिति,अभिभावक तथा बुद्धिजीवी र भद्रभलाद्मीहरुको सल्लाह अनुसार प्रकृया अगाडि बढ्दै गयो ।
बजार बिस्तार हुँदै जाँदा आर्थिक कारोवार बढ्दै गयो । राज्यको पुन:संरचना संगै स्थानीय तहको केन्द्र भैसकेपछि जग्गाको मूल्य बृद्धि हुँदै गयो ।
कक्षा ६-१२ सम्म साधारण र ९-१२ सम्म प्राबिधिक धार अन्तर्गत वाली विज्ञान विषय पठन पाठन हुने भयो । यस विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नु सबैको दायित्त्व थियो , बर्तमान आबश्यकतालाई दृष्टिगत गर्दै विद्यालय ब्यबस्थापन समिति तथा मदाने गा पा ले अङ्ग्रेजी माध्यममा नर्सरीदेखि कक्षा संचालान गर्ने नीति लिए संगै योग्य शिक्षकहरुको आवश्यकता महसुस गरी छात्रावासको मूल्यवान् जग्गामा टाइ बिम कसेर सटर टहरा बनाई भाडामा दिने र प्राप्त आम्दानीबाट खर्च ब्यहोर्ने गहन उद्देश्यका साथ छात्रावासको जग्गा प्रयोगमा ल्याउने निर्णय गर्यो । विद्यालयको आफ्नै सम्पत्तिमा आन्तरिक कोषबाट संरचना निर्माण थियो ।
आर्थिक बर्ष २०७८/०७९ मा रु ५ लाख बराबर खर्च गरी जग तयार गरियो । उक्त निर्माण कार्य सम्पन्न गर्न श्रोत पहिचान हुँदै गर्दा तत्कालिन प्र. अ. ले ०७९ भाद्र ७ गते राजीनामा दिएका थिए । उक्त निर्माण कार्यको विषयलाई लिएर अख्तियारमा उजुरी समेत परेको हुनाले निर्माण कार्य सम्पन्न नहुँदै रोकियो । अख्तियारबाट टुङ्गो नलगाउँदै निर्माण कार्य गर्न अफ्ठ्यारो हुने हुनाले अहिले सम्म स्थगित नै छ । विद्यालयको दक्षिण पट्टिको जग्गा भुलवश ब्यक्तिको नाममा रजिष्ट्रेषन भएको भनी तत्कालीन समयका भद्रभलाद्मी , बुद्धिजीवीहरुले किटानी गरेको अवस्थामा विद्यालय उक्त जग्गा फिर्ता गर्ने कानुनी प्रकृयामा छ ।

निर्माण कार्यलाई समयमै पूरा गरी नियमित आम्दानीको श्रोतको रुपमा बिकास गर्न सके विद्यार्थी भाइबहिनीहरुको भविष्य उज्ज्वल हुनेछ । जसले जहाँबाट सक्छौ पहल गरौँ । गुणस्तरीय शिक्षा प्रदान गरौँ विद्यार्थी भाइबहिनीहरुको भविष्य साकार पारौँ ।
स्रोत : मदन कुँवर