
कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।
मदने गाउँपालिका …
गुल्मी जिल्लाको पश्चिमी भागमा ९४.५२ वर्ग कि. मि क्षेत्रफ़ल् ओगटेको यस गाउँपालिकामा २१८९९ जनसंख्या रहेको छ | अग्लुङ्ग, बाझकटेरी, भनभने, मलागिरी , म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गा.वि.स. मिलेर बनेको यो गाउँपालिकामा कंके देउराली,मालारानी, पुर्कोट दह, जस्ता धार्मिक तथा पर्येटकीय स्थल रहेका छन् | विभिन्न जातजाति र धर्म संस्कृतिको संगम रहेको यहाँ विशुद्ध सामाजिक संस्कार देख्न पाइन्छ |
देशको सबै स्थानमा गुल्मीको एक फरक नाम र स्थान छ ।
नेपाल अधिराज्यको सरकारी कर्मचारीको हिसाबले हेर्ने हो
भने गुल्मी अग्र स्थानमा रहेको छ। देशको राजनीतिमा पनि गुल्मी जिल्लाको फरक नाम छ ।
विकास र समृद्धिको बाटोमा एउटा उदाहरण बनेको धुर्कोट गाउँपालिका जसरीनै मादाने गाउँपालिका पछिल्लो समयमा एक उदाहरण बन्ने गतिले कम गरेको स्थानीयहरू बताउने गरेको छन् ।
गठबंधनबाट गाउँपालिका अध्यक्ष जितेका महेन्द्र कुंवरले आफ्नो कार्यकालमा मदाने गाउँपालिका लाई एक ऐतिहासिक परिवर्तन गराउन लागि परेको विशेष स्रोतले जानकारी दिएको छ ।
हाल चालनै , पालिकाहरूकाे
कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ । त्यस्तै रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकाेट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम कालिगण्डकीले ५७.१७ अंक ल्याएकाे छ भने अन्य पालिकाहरूकाे अंक ६०.०१ देखि ६९.९९ काे बीचमा रहेकाे छ ।