741 views 0 secs 0 comments

गुल्मीबाट हिडेकाे जिप दुर्घटनामा १४ जनाको मृत्यु, ३ जना गम्भीर घाइते…

In समाज
१७ मंसिर २०७६, मंगलवार १२:४४

गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदै एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । 
गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो । 
जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार घाइतेहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।