626 views 0 secs 0 comments

आजको बिदेशी मुद्राको विनिमयदर…

In विश्व
१७ मंसिर २०७६, मंगलवार १०:४३

नेपाल राष्ट्र बैंकले मंगलबार (मंसिर १७) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५  पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।  
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ । 
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।